दफा २५
निर्देशन दिने अधिकार
: (१) नेपाल सरकारले प्राधिकरणलाई देहाय बमोजिमको निर्देशन दिन सक्नेछ ः–
(क) कुनै खास क्षेत्र तोकी वा नतोकी कुनै विद्युत सेवा सञ्चालन गर्न वा अन्य कुनै काम कारवाई गर्न,
(ख) प्राधिकरणले कुनै क्षेत्रमा गरिरहेको कुनै काम कारवाई रोक्न वा त्यसमा कुनै परिवर्तन गर्न वा पूरै बन्द गर्न,
(ग) प्राधिकरणले गर्न आँटेको कुनै काम कुरा नगर्न ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको पालना गर्नु प्राधिकरणको कर्तव्य हुनेछ ।
(३) नेपाल सरकारले उपदफा (१) को खण्ड (क) र (ख) बमोजिमको काम गर्नको लागि दिएको निर्देशन अनुसार काम गर्दा प्राधिकरणले घाटा बेहोर्नु पर्ने भएमा सो बापत बेहोर्नु परेको रकम नेपाल सरकारले प्राधिकरणलाई क्षतिपूर्तिको रुपमा दिनु पर्नेछ ।